धनगढी, २ जेठ/
नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेशको सभापतिमा धनादेवी थापा पुनः सभापतिमा चयन भएकी छिन् ।
महासंघको धनगढीमा भएको सम्मेलनले थापालाई पुनः सभापतिमा चयन गरेको हो । उपसभापतिमा चमेली तामाङ्ग, चन्द्रबहादुर बिष्ट, सचिवमा सरिता थापा गुरुङ्ग र गोपि गुरुङ्ग सुजु, सहसचिवमा दिलिपसिह बुढाथोकी, मानबहादुर नामजाली, महिला सहसचिवमा विष्णुमाया मोक्तान चयन भएका छन ।
सदस्यहरुमा शान्तिदेवी सिरौली, यन्जन सुर्जा, आईती राई, दिपक बुढाथोकी, अर्जुन रोतवाल, बिष्णुमाया तामाङ्ग, तुनी थापा, विजय रानामगर र दुर्गाराना मगर चयन भएका छन ।












