धनगढी, २ जेठ/
सुदूरपश्चिम प्रदेशमा डढेलोका कारण २३ लाख ६० हजार मूल्यको सम्पत्तिमा क्षति भएको अनुमान छ ।
२०८० चैत अन्तिम सातादेखि २०८१ को हालसम्म डढेलोका २९ घटनाको विवरण प्राप्त भएको बताइएको छ । ती आगलागीका घटनामा परेर तीन महिला घाइते भएका छन । जंगलमा लागेको डढेलोका कारण १८ घरपरिवार प्रभावित बन्न पुगेका छन ।
जंगलमा लागेको डढेलोले चार पूर्ण र ६ घरमा आंशिक क्षति पुगेको छ । जंलगबाट सल्केको आगो वस्तीसम्मै पुग्दा ६ गोठ जलेर नष्ट हुनुका साथै गोठभित्र रहेका ६ पशुचौपायामा क्षति पुगेको छ । जंगलमा आगलागीबाट वनस्पती र वन्यजन्तुमा ठूलो नोक्सानी पुगेको अनुमान गरिएको छ ।
२९ जंगलमा लागेको डढेलोबाट २३ लाख ६० हजार मुल्यको नोक्सानी भएको अनुमान सुदूरपश्चिम प्रदेशको आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीको अनुमान छ । उसो त प्रदेशमा दुई सय २५ आगलागीका घटना घटेका छन । ती घटनाबाट पाँच करोड ९० लाख ९ हजार ७ सय मुल्यको व्यक्तिको धनसम्पत्ति जलेर खरानी भएको अनुमान गरिएको छ ।











