बैतडीका युवकको मलेसियामा मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ३१ बैशाख २०८१, १९:१९ मा प्रकाशित

बैतडी। विद्युतको तार सर्ट भई बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। बैतडी मेलौली नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको परीवारीक स्रोतले जनाएको छ ।

मलेसियामा काम गर्दै आएका नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको हो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको खुलेको बताइएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा उनी विगत ९ वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। दिपकको मलेसियामा मृत्यु भएपछि उनको घरपरिवार शोकमा डुबेको छ। उनको शव नेपाल ल्याउन पहल भइरहेको वडा अध्यक्ष सरद नेगीले बताए।

छुटाउनुभयो कि ?