प्रदेश प्रमुखद्धारा सुदूरपश्चिममा बजेट अधिवेशन आह्वान


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, १४ बैशाख २०८३, १८:२४ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा आगामी बिहीबारबाट बजेट अधिवेशन सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट अधिवेशन आह्वान गरेका हुन् । शनिवार मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुख मियाँसँग शिष्टाचार भेट गर्दै अधिवेशन आह्वानको सिफारिस पत्र हस्तान्तरण गरेका थिए । उक्त सिफारिसको आधारमा आगामी १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्नेगरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख मियाँले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । गत चैत्र २९ गते राती १२ बजेदेखि लागु हुनेगरि प्रदेश प्रमुख मियाँले विधेयक अधिवेशन अन्त्य गरेका थिए ।

छुटाउनुभयो कि ?