धनगढी १२ बैशाख/ कैलाली जिल्लाभर प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा कुल ६६ जना पक्राउ परेका छन्। विभिन्न अभियोगमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै प्रहरीले जिल्लामा सुरक्षा निगरानी कडाइ गरेको जनाएको छ। प्रहरीका अनुसार लागूऔषध कारोबार तथा प्रयोगमा संलग्न २३ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, नाइट्राजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको छ। त्यसैगरी, फरार प्रतिवादी १० जनालाई पक्राउ गरिएको छ भने चोरीमा संलग्न ४ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, सोधपुछका लागि १३ जनालाई नियन्त्रणमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रण र शान्ति सुरक्षा सुदृढ बनाउन यस्ता अपरेशनलाई निरन्तरता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।












