डोटीमा एक युवक सेती नदीमा बेपत्ता


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ८ बैशाख २०८३, १९:२७ मा प्रकाशित

डोटी, ८ वैशाख / डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बोहरा बेपत्ता भएका हुन् । बोहरा दिपायल सिलगढी नगरपालिका-५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए । उनको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोलीले परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

छुटाउनुभयो कि ?