डडेल्धुरामा भीरबाट खसेर महिलाको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ८ बैशाख २०८३, ०९:०७ मा प्रकाशित

धनगढी । डडेल्धुरामा भीरबाट खसेर महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका–९, कुयापानी हट्वानीकी ५३ वर्षीया छन्चरा धामीको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  सोमबार बिहान हट्वानी जंगलमा घाँस काट्ने क्रममा लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?