धनगढी । धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्णजित साउँद सकुशल फेला परेका छन्। वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका साउँद चिसापानी बजार क्षेत्रमा सोही दिन बिहान करिब ११ बजेतिर हिँड्दै गरेको अवस्थामा फेला परेका हुन्। उनीलाई फेला पार्ने व्यक्तिले आफ्नै घरमा सुरक्षित रूपमा राखेका थिए। त्यसपछि हिजो बिहान परिवारसँग सम्पर्क भएपछि साउँद बिहान करिब ९:३० बजे आफ्नै घर फर्किएका छन्। सकुशल घर फर्किएपछि परिवारले खोजी तथा सहयोगमा संलग्न सबैप्रति आभार व्यक्त गरेको छ।












