बझाङमा दुई दिनदेखि बेपत्ता युवक मृत भेटिए


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ८ बैशाख २०८३, ०८:५३ मा प्रकाशित

धनगढी । बझाङमा दुई दिनदेखि बेपत्ता युवक मृत भेटिएका छन् । बित्थडचिर गाउँपालिका–५, धामीगाउँ चिल्लापानीमा ३५ वर्षीय किशन धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले घरबाट हराएका धामी घर नजिकै भीरमा खसेको अवस्थामा मृत भेटिएको बताए । घटनास्थल कार्य सकेर उनको शव परीक्षणमा लागि जिल्ला अस्पतालमा राखिएको उनले बताए । उनको मृत्युको कारण खुल्न भने खुलेको छैन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?