विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, ८ बैशाख २०८३, ०८:४५ मा प्रकाशित

धनगढी, ८ वैशाख / कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरिएको छ । पुनर्वास नगरपालिका-५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा धारिलो हतियार प्रहार गरेर हत्या भएको बताए । उनकाअनुसार घाइते अवस्थाका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

छुटाउनुभयो कि ?