विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्छु : प्रधानमन्त्री शाह


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, ७ बैशाख २०८३, १७:४८ मा प्रकाशित

काठमाडौं, ७ वैशाख / प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन् । सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो भएमा सहयोग गर्छु भन्नु भएको छ,’ छलफलमा सहभागी एक उपकुलपतिले भने । प्रधानमन्त्री शाहले ११ वटा विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाएका थिए । प्रधानमन्त्री बालेन विश्वविद्यालयहरूका कुलपतिसमेत हुन् ।

छुटाउनुभयो कि ?