कैलालीका प्रमुुख जिल्ला अधिकारीसँग विवाद गर्ने दुई जना थुनिए !


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, १८ चैत्र २०८२, १६:४७ मा प्रकाशित

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सँग विवाद गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग विवाद गरेपछि बिहीबार दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको हो । केही समय जिल्ला प्रहरी कार्यालयमा राखिएका उनीहरुलाई सम्झाई बुझाई गरेर छाडिएको छ । स्रोतकाअनुसार आफूसँग विवाद गरेपछि प्रजिअ रेग्मीले उनीहरुलाई थुन्न प्रहरीलाई आदेश दिएका थिए । त्यसपछि प्रजिअकै आदेशमा सम्झाईबुझाई गरेर छाडिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले प्रजिअसँग विवाद भएपछि नियन्त्रणमा लिइएकाहरुलाई सम्झाईबुझाई गरेर छाडिएको बताए । मुद्दा नचलाएका कारण प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन् ।

 

छुटाउनुभयो कि ?