आगलागीबाट लाखौँको क्षति


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १२ चैत्र २०८२, १४:५७ मा प्रकाशित

काठमाडौं, १२ चैत/ बारा, सिम्रौनगढ नगरपालिका-५ ठूलो इटवाल बस्ने जङ्ग बहादुर महतोको गोठमा बिहीबार बिहान लागेको आगो फैलिएर उनकै भाई श्याम किशोर महतोको घरमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । सर्लाही, बलरा नगरपालिका-३ बस्ने बिनोद मिश्र समेत ४ जनाको उखु खेतमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिराहा, मिर्चैया नगरपालिका-२ मलहनिया बस्ने ६८ वर्षीय नरसिंह श्रेष्ठको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?