प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा सम्पन्न


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १२ चैत्र २०८२, १४:१३ मा प्रकाशित

काठमाडौं, १२ चैत — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले चैते दशैंको अवसरमा नक्सालस्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा सम्पन्न गर्नुभएको छ। उहाँले पूजाका क्रममा बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप लगाउनुभएको थियो। साथै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान गर्दै प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त अवसरमा उच्च पदस्थ प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो। नेपाल प्रहरीले परम्परागत रूपमा हरेक वर्ष वडा दशैं र चैते दशैंमा मौलो पूजा गर्दै आएको छ।

छुटाउनुभयो कि ?