धनगढी । कैलाली कारागार घटनामा विवादमा तानिएका एसपी राणालाई प्रहरी प्रधान कार्यालयले तानेको हो । राणाको ठाउँमा एसपी नरेन्द्रबहादुर चन्दलाई पठाइएको छ ।
चन्द केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत थिए । कैलाली कारागारमा गत २३ साउन राति कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सुरक्षा गर्न नसकेको भन्दै यसअघि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई तानेको थियो । घटनामा गम्भीर खालको कमजोरी गरेको भेटिएपछि सीडीओ तानिएपछि एसपीमाथि समेत कारवाही गर्न दबाब बढेको थियोे ।












