नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम हस्तान्तरण


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ७ असार २०८१, १७:४७ मा प्रकाशित

देबराज गिरी
पुनर्वास, ६ असार/
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरी उपशाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले भारतको केरलामा रेल दुर्घटनामा परि मृत्यु भएका पुनर्वास नगरपालिका वडा नं. ६ का तेजबहादुर खड्काको परिवारलाई बीमा गरे वापतको ३२ लाख ०७ हजार आठ सय पचहत्तर रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीका अनुसार मृतक बीमित खड्काले २०७२ सालमा २० वर्षे नौलो जीवन समृद्धि बीमा योजनामा ११ लाख रुपैयाँको बीमा गरेका थिए ।
मृतक बीमित तेजबहादुर खड्काले बीमाशूल्क बापत ४ लाख ९५ हजार रुपैयाँ बीमा शूल्क बाफत जम्मा गरेका थिए भने मनि ब्याक सिस्टम अनुसार ४ लाख ४० हजार रकम मृतक खड्काले भुक्तानी लगिसकेका थिए । मृतक बीमितको २०८० मङ्सिरमा निधन भएको थियो ।
बीमाङ्क रकम ११ लाख, दुर्घटनामा परि मृत्युु भएकाले थप ११ लाख, बोनस बापत ५ लाख ६७ हजार ८ सय पचहत्तर रुपिया एकमुष्ट हस्तान्तरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरी उप शाखाका प्रमुख यज्ञप्रसाद श्रेष्ठले जानकारी दिए ।
मृतक खड्काकी श्रीमतीले बीमा कम्पनी र मृत्यु दावि रकम भुक्तानीमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्नुका साथै उनले सो रकमले आर्थिक भार थेग्न सहयोग समेत पुग्ने बताइन् । भुक्तानी स्वरुप पाएको केही रकमबाट पुनः आफ्नो बीमा समेत गराएकी छिन् ।
मृत्यु दाबी भुक्तानी कार्यक्रममा बेलौरी उप–शाखाका प्रमुख यज्ञप्रसाद श्रेष्ठ, एजेन्सी म्यानेजर नरेश कोइराला, देबराज गिरी, मृतक खड्काका छोरा, छोरी, श्रीमती र खड्काका आफन्तको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?