हेल्लो संवाददाता
धनगढी, १७ जेठ
नेपाल–भारत सीमाको गौरीफन्टा क्षेत्रमा एक नेपाली युवतीको शव फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजार नजिक भारतीय भूमिमा बिहिवार एक नेपाली युवतीको शव फेला परेको हो ।
उनको केही दिन अगाडी मृत्यु भएको हुन सक्ने भारतीय प्रहरीले बताएको छ । उनको परिचय खुलेको छैन। भारतीय भूमिमा शव फेला परेकाले भारतीय प्रहरीले अनुसन्धान गर्दै छ ।












