कञ्चनपुर, ६ जेठ/
प्रहरीले कञ्चनपुरबाट करिव चार लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
कञ्चनपुर प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भन्सार छलीको तीन लाख ७३ हजार ४० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले दुई लाख ९० हजार नौ सय ५०, ईलाका प्रहरी कार्यालय बम्हदेवले १८ हजार, प्रहरी चौकी झिलमिलाले पाँच हजार सात सय २०, प्रहरी चौकी परासनले २५ हजार पाँच सय, प्रहरी चौकी टेडुवाले अन्दाजी ३२ हजार आठ सय ७० रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारीर प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाईएको जोशीले बताए ।












