तार्केबाङ खोलामा मोटरेबल पुल बन्दै


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ११ मंसिर २०८३, १३:०८ मा प्रकाशित

पक्की मोटरेबल पुलको निलान्यास गरिदै ।
रोल्पाको माडी गाउँपालिका –४ तालाबाङ र वडा नम्बर ५ भाबाङलाई जोड्ने तार्केबाङ खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ । मोटरेबल पुलको पूर्व अर्थमन्त्री वर्षमान पुनले बुधबार शिलान्यास गर्नुभयो ।
पुल निर्माणका लागि आर्थिक वर्ष २०८३–८४ मा नेपाल सरकारबाट बहुवर्षीय स्रोत सहमति अनुसार ११ करोड ९७ लाख बजेट विनियोजन भएको छ । पुलको शिलान्यास गर्दै पुनले लामो समयसम्म बन्न नसकेको पुल करिब २१ महिनामा सम्पन्न हुने बताउनुभयो ।
यो वर्ष बजेट सुनिश्चित भएको र बहुवर्षीय ठेक्का पनि स्वीकृत भएकाले समयमै पुल निर्माण हुने उहाँले बताउनुभयो । पुल बनेपछि माडी गाउँपालिका –४ र ५ का नागरिक लाभान्वित हुनेछन् । यो खोलामा पुल नहुँदा हरेक वर्ष विशेषगरी बर्खायामको समयमा सवारीसाधन वारपार गर्न यस भेगका नागरिकले सास्ती भोग्दै आएका थिए ।
हिउँदमा समेत जोखिम मोलेर सवारीसाधन आवत–जावत गर्नुपर्ने बाध्यता थियो । पुलको शिलान्यास भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् ।

छुटाउनुभयो कि ?