बर्दियामा विद्युत् को पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मधुवन नगरपालिका–ओराली बजारका २२ वर्षीय अनुराग थारू रहेका छन् । मधुवन नगरपालिका–५, कृष्णनगरस्थित विद्युत्को पोलमा बल्ब लगाउने क्रममा उहाँलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहोराले जानकारी दिनुभयो ।











