नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २० बैशाख २०८३, ११:४४ मा प्रकाशित

धनगढी, २० वैशाख/ नेपाल मोबाइल व्यवसायी महासंघको सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको छ। शनिबार धनगढीमा सम्पन्न भेलाले सुरेश सापकोटाको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो। समितिको प्रथम उपाध्यक्षमा सुरेश पाठक, द्वितीय उपाध्यक्षमा चन्द्रसिंह धामी, महासचिवमा दीपक भट्ट, सचिवमा उमेशदत्त भट्ट चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा रंगमान रावल तथा सह-कोषाध्यक्षमा धर्मराज जोशी चयन भएका छन्। समितिका सदस्यहरूमा पवनप्रसाद पन्त, सन्तोष बोहरा, सन्तोष कुमार भट्ट र देवसिंह बिक (कैलाली), सन्तोषराज जोशी (डडेल्धुरा), करुणकर पन्त र तर्कराज जोशी (कञ्चनपुर), शेरबहादुर रावत (बाजुरा), उमेश चौधरी (अछाम), दानसिंह महर र हर्कसिंह कुँवर (दार्चुला), लोकराज ओझा (डोटी) तथा दीपक जाग्री (बझाङ) चयन भएका छन्। त्यस्तै भेलाले प्रदेश समितिका लागि तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिमा सुभाष बम, गंगाप्रसाद निरौला र छिमाल लम्साल चयन भएका छन्। नवगठित समितिले मोबाइल व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउँदै व्यवसायीका हकहित संरक्षणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?