रुखबाट लडेर वृद्धको मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ बैशाख २०८३, ०९:०२ मा प्रकाशित

बाजुरा, वैशाख १७ गते । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उहाँ रुखबाट खस्नुभएको हो । उहाँ जिल्लाका अग्रणी किसान हुनुहुन्थ्यो ।

छुटाउनुभयो कि ?