लेकममा भूमि आयोगको बैठक: १५० जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि समन्वय


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, १३ बैशाख २०८३, १७:२२ मा प्रकाशित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीको अध्यक्षतामा सञ्चालित बैठकमा जिल्ला भूमि आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशी, जिल्ला भूमि आयोगका सदस्य नारायणदत्त भट्ट, नापी कार्यालयका निमित्त प्रमुख प्रेम अवस्थी, वडाअध्यक्षहरू, लेकम गाउँकार्यपालिकाका सदस्यहरू लगायत सरोकारवालाहरूको सहभागीता रहेको लेकम गाउँपालिका भूमि शाखा प्रमुख पुस्कर सिंह बगालले जानकारी दिनुभयो। लेकम गाउँपालिकाभित्र रहेका ६ वटैबाट निवेदन परेका १५० जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा तथा जग्गाधनी प्रमाण पुर्जा वितरणका लागि समन्वय गरिएको उहाँले बताउनुभयो। प्रक्रिया पुगेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरणका लागि काम भइरहेको बताइएको छ।

छुटाउनुभयो कि ?