अछाममा युवतीको पेटमा ७ हप्ताको गर्भ, सम्बन्ध राख्ने राजन पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १० बैशाख २०८३, १३:०२ मा प्रकाशित

अछाम । सुस्त मनस्थितिकी ३० वर्षीया एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल अछाममा मिस्त्री काम गर्दै आएका ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका छन्। प्रहरीका अनुसार हुलियाका आधारमा खोजतलास गर्ने क्रममा उनलाई सोमबार मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको हो। अछामका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले उक्त जानकारी दिएका हुन्।
पीडित युवती गर्भवती रहेको भन्ने हल्ला गाउँमा फैलिएपछि गस्तीमा खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। परीक्षणका क्रममा सात हप्ताको गर्भ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट गत फागुन १६ गते शर्माले जबर्जस्ती करणी गरेको खुलेको प्रहरी प्रमुख खनालले बताए।दघटनाबारे पीडितका आफन्तबाट जाहेरी दरखास्त लिई थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ। विद्यालयको निर्माणाधीन भवनमा काम गर्न आएका फुयाँल शर्माले उक्त घटना घटाएको खुलेको प्रहरीको भनाइ छ।

छुटाउनुभयो कि ?