आज विश्व सम्पदा दिवस मनाइँदै


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, ५ बैशाख २०८३, १४:१३ मा प्रकाशित

काठमाडौंँ, ५ वैशाख / सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

छुटाउनुभयो कि ?