बजार स्थापनाको बिस वर्षपछि शौचालय निर्माण


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, २० चैत्र २०८२, ०९:२३ मा प्रकाशित

बाजुरा, चैत २० गते । बाजुराको बुढीगङ्गा नगरपालिका–६, बाम्काको बाम्काबजारमा २० वर्षपछि शौचालय निर्माण गरिएको छ । बजार स्थापना भएको २० वर्ष पुग्दा पनि अहिलेसम्म शौचालय निर्माण हुन सकेको थिएन । अहिले बुढीगङ्गा नगरपालिका–६ को वडापालिकाले पाँच लाख रुपियाँ रकम विनियोजन गरेपछि सुविधायुक्त शौचालय निर्माण गरिएको हो । त्रिवेणी नगरपालिकाका स्थानीय मीनबहादुर बुढाले भन्नुभयो, “बजारमा शौचालय निर्माण नहुँदा यहाँ आउने ग्राहक तथा यात्रुवर्गलाई निकै समस्या झेल्नु पथ्र्यो । अहिले बल्ल पालिकाको आर्थिक सहयोगमा राम्रो शौचालयको निर्माण सम्पन्न भएको छ ।”

छुटाउनुभयो कि ?