मुख्यमन्त्री शाहद्वारा सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १९ चैत्र २०८२, १७:१७ मा प्रकाशित

धनगढी, १९ चैत्र / सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वानका लागि मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आगामी चैत्र २४ गते मंगलबार अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ। यसैगरी, नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि बिहीबार औपचारिक रूपमा सिफारिस पत्र प्रदेश प्रमुखसमक्ष पठाइएको हो । प्रदेश प्रमुखबाट अधिवेशन आह्वानको घोषणा भएपछि सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुने छ।

छुटाउनुभयो कि ?