धनगढी — सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स धनगढी रिजन १ ले कम्पनीले ९ वर्ष पूरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रममा विभिन्न पेशामा आवद्ध कर्मचारी, व्यवसायी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा आवद्ध कर्मचारी, अभिभावक तथा अन्य सहभागी गरी ३२ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रममा धनगढी रिजन १ अन्तर्गतका शाखा तथा उपशाखाका कर्मचारी, अभिकर्ता तथा अन्य सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा क्षेत्रीय प्रबन्धक ललित ब. साउद स्वयंले पनि रक्तदान गर्दै कार्यक्रमको महत्वलाई उजागर गर्नुभएको थियो।
कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।












