जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख देउवाको सरुवा


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ६ चैत्र २०८२, १४:५७ मा प्रकाशित

धनगढी , ६ चैत / जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्रबहादुर देउवाको सरुवा भएको छ । उनको नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर काज सरुवा भएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले रेशम प्रसाद आचार्यलाई पठाएको छ । आचार्य मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलमा कार्यरत छन् । उनीहरुसँगै २४ जना इन्स्पेक्टरको काज सरुवा भएको छ ।

छुटाउनुभयो कि ?