बैतडीमा यो बर्षको एसईईमा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुँदै


हेल्लो सुदुर हेल्लो सुदुर शुक्रबार, ६ चैत्र २०८२, १४:५० मा प्रकाशित

बैतडीमा यो बर्षको एसईईमा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुँदैबैतडी, ६ चैत / बैतडीमा यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ हजार ५५१ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ १९ सय ६३ छात्र र १९ सय ५८ छात्रा गरी ३ हजार ९२१ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए । यस्तै ग्रेडवृद्धितर्फ २५६ छात्रा र ३७४ छात्रा गरी ६ सय ३० परीक्षार्थी सहभागी हुने सूचना अधिकारी शर्माले बताए । बैतडीमा १३८ सामुदायिक र ८ ओटा संस्थागत गरी १४२ ओटा विद्यालयका परीक्षार्थीहरुले एसईईमा सहभागिता जनाउने उनले बताए । यही चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि यहाँ २६ ओटा परीक्षा केन्द्र निर्धारण गरिएको सूचना अधिकारी शर्माले बताए । सातओटा प्राविधिक विद्यालयका परीक्षार्थीहरुका लागि पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा परीक्षा केन्द्र तोकिएको छ । एसईई परीक्षालाई मार्यादित हिसाबले सम्पन्न गर्नका लागि जिल्लामा आन्तरिक तयारी तीव्र पारिएको सूचना अधिकारी शर्माले बताए ।

छुटाउनुभयो कि ?