दोधरा चाँदनीमा छोराले गरे आमाको हत्या, दिदी घाइते


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, ४ चैत्र २०८२, १४:४१ मा प्रकाशित

कञ्चनपुर / कञ्चनपुरको दोधरा चाँदनीमा हँसिया प्रहार गरी छोराले वृद्धा आमाको हत्या गरेका छन । दोधाराचाँदनी नगरपालिका–४ मान्या चौराहमा मंगलबार राति ७५ वर्षीया बिन्दा श्रेष्ठको उनका ५० वर्षीय सौतेनी छोरा हरिप्रसाद श्रेष्ठले हत्या गरेका हुन । घाँटीमा हसिया प्रहार पछि बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही आक्रमणमा परी बिन्दाकी ५५ वर्षीया छोरी भगवतीदेवी श्रेष्ठ (माझी) घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) वीरेन्द्र थापाले बताए । हत्यामा संग्लन भएको आरोप लागेका हरिप्रसाद भने फरार रहेका छन । उनको खोजी कार्य जारी रहेको इन्सपेक्टर थापाले बताए ।

छुटाउनुभयो कि ?