नरेश प्रसाद जोशी/ काठमाडौं — डिलासैनी गाउँपालिका निवासी जगदीश जर्काल आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरब जाने तयारीमा थिए, तर भाग्यले साथ दिएन, आजको उडान रद्द भयो र साउदी जाने फ्लाइट एक महिनाका लागि स्थगित गरिएको छ
जगदीश करिब ८ वर्ष विदेश बसेर आफ्नो जीवन निर्माण गर्दै आएका थिए र यसपटक उनी देशमा परिवर्तनका लागि आफ्नो अमूल्य मत हाल्न बिदामा फर्किएका थिए, तर आज उडान रद्द भएपछि उनी घर फर्किनु भएको छ। उनी विदेश जानु केवल रोजगारको लागि होइन, देश र समाजमा सकारात्मक परिवर्तन ल्याउने सोच र उद्देश्य लिएर अघि बढ्ने उद्देश्यका साथ गएका थिए
उनीसँगै रहेको सुटकेसमा कपडा मात्र थिएन, त्यहाँ थियो आशा, भरोसा र नयाँ सोचको सपना, जसले देखाउँछ कि उनी विदेश कमाउन मात्र होइन, सोच बोकेर अगाडि बढ्दै हुनुहुन्थ्यो। सुटकेसमा राखिएको तस्वीरमा उहाँसँगै बालेन शाह र रवि लामिछाने देखिन्छन्, जसले पनि यो स्पष्ट पार्छ
जगदीशले भने, “आज उडान रद्द भयो तर मेरो सपना र उद्देश्य कहिल्यै रद्द हुँदैन कठिनाइ र बाध्यता आए पनि म भोलि अझ ठूलो सपना लिएर फेरि अघि बढ्नेछु।”
उनी हेल्लो सुदुर मिडियासँग कुरा गर्दै भाव व्यक्त गर्दै भन्नुभयो विदेश जानु मेरो लागि बाध्यता हो तर देशप्रतिको माया कहिल्यै घट्दैन मेरो मनमा देश र समाजका लागि केही फरक ल्याउने सपना सधैं जीवित छ। आजको असुविधा र चुनौतीले मलाई रोक्न सक्दैन, बरु अझ दृढ बनाउँछ र भविष्यमा देश र समाजका लागि अझ ठूलो योगदान दिन प्रेरित गर्छ ।
जगदीश जस्ता हजारौं युवाहरूको यही कथा हो संघर्ष छ, कठिनाइ छ, तर आशा, आत्मविश्वास र परिवर्तनप्रतिको अटल विश्वास पनि छ। उनीहरूले देखाउँछन् कि देशप्रतिको माया र जिम्मेवारी बोकेको युवा कहिल्यै हार्दैन र आफ्नो लक्ष्य र सपना पूरा गर्न हर परिस्थितिमा अगाडि बढ्छ
आज उडान रद्द भए पनि जगदीश घर फर्किनुभयो, तर भोलि अझ ठूलो सपना, दृढ विश्वास र उद्देश्य लिएर फेरि उडान भर्नेछन्, समाज र देशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बोकेर ।












