धनगढी । धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर सिसा पोष्ट नजिकबाट ५ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनगढी–७ का २६ वर्षीय नबिन बुढा, सोही स्थानका २६ वर्षीय राजन जोशी र गाेदावरी नगरपालिका-६ का १८ वर्षीय किशोर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












