हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई युवक १ करोड १६ लाख रुपैयाँसहित पक्राउ


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २ चैत्र २०८२, १८:०१ मा प्रकाशित

काठमाडौं : हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई युवक १ करोड १६ लाख रुपैयाँसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८, भीमढुंगा बस्ने २८ वर्षीय सागर गिरी र सोही ठाउँका २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले भिमढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए। प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको चेक, एटीएम कार्ड, सवारी साधन, सिम, कम्प्युटर लगायतका सामग्री बरामद भएको छ।

छुटाउनुभयो कि ?