चट्याङ लागेर चार पशु–चौपाया मरे


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २ चैत्र २०८२, १७:१६ मा प्रकाशित

बैतडी, चैत २ गते । बैतडीमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् । जिल्लाको पाटन नगरपालिका–१०, बन्तडमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा चार पशुचौपाया मरेका हुन् । गए राति करिब १० बजेतिर स्थानीय धर्मानन्द भट्ट र नारायणदत्त भट्टको घरमा चट्याङ परेको स्थानीय केशवदत्त भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार चट्याङ लागेर धर्मानन्द भट्टका दुई बाख्रा तथा नारायणदत्त भट्टका एक गाई र एक गोरु मरेका छन् । चट्याङका कारण पशु चौपायामा क्षति पुगेपछि स्थानीयवासी चिन्तित बनेका छन् । घटनाबारे जानकारी प्राप्त भएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । स्थानीयवासीका अनुसार उक्त क्षेत्रमा विगतदेखि नै चट्याङका कारण पशु चौपायामा क्षति हुने गरेको छ । यस विषयमा सम्बन्धित निकायले आवश्यक ध्यान दिनुपर्ने स्थानीय भट्टले बताउनुभयो ।

छुटाउनुभयो कि ?