धनगढी । धनगढीबाट लागूऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ क्षेत्रबाट भारतको लखिमपुर खिरी, पलिया निवासी ३७ वर्षीय मनुवर अली र ३९ वर्षीय महम्मद असरफ अलीलाई बुधबार दिउँसो पक्राउ गरिएको हो। प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई चेकजाँच गर्दा करिब ३ ग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।












