सुदूरपश्चिममा समानुपातिक तर्फ पनि रास्वपा पहिलो


हेल्लो सुदुर हेल्लो सुदुर सोमबार, २५ फाल्गुन २०८२, १५:४२ मा प्रकाशित

धनगढी, २५ फागुन / प्रतिनिधि सभा निर्वाचन अन्तरगत प्रत्यक्ष निर्वाचनमा पहिलो भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० समानुपातिकमा पनि अगाडि छ । समानुपातिकको मत गणना चलिरहँदा हालसम्म रास्वपाले २ लाख ७२ हजार १४७ मत पाएको छ । दोस्रोमा रहेको कांग्रेसले १ लाख ४२ हजार ४५७ मत पाएको छ । यस्तै तेस्रोमा नेकपा एमाले रहेको छ । एमालले १ लाख ९ हजार मत पाएको छ । चौथोमा रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले ८४ हजार ३२७ मत पाएको छ । यस्तै राप्रपाले ३१ हजार ३२७ र नाउपा नेपालले १९ हजार ३६० मत पाएको छ । सुदूरपश्चिममा श्रम संस्कृति पार्टीले ४ हजार ९३५, नेपाल जनता संरक्षण पार्टीले २ हजार ७९९, राष्ट्रिय परिवर्तन पार्टीले २ हजार २५०, नेकपा माओवादीले २ हजार १०२, जनता समाजवादी पार्टीले २ हजार २६, सार्वभौम नागरिक पार्टीले १ हजार ९१६, राष्ट्रिय जनमोर्चाले १ हजार ४८२,जनमत पार्टीले १ हजार २७६ र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १ हजार ११९ मत ल्याएको छ । अन्य पार्टीले १ हजार भन्दा कम मत ल्याएका छन् ।

छुटाउनुभयो कि ?