धनगढी २५ फागुन/प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम मत परिणामअनुसार सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो शक्ति बनेको छ । प्रदेशका १६ सिटमध्ये रास्वपाले १० सिट जितेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ सिट जितेका छन् । कैलाली ५ र कञ्चनपुर ३ क्षेत्र रहेको आठै वटा निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरको छ । सुदूरपश्चिम प्रदेशको दुई तराई जिल्लाका क्षेत्रमा सबै क्षेत्रमा रास्वपाका उम्मेदबारले जित निकालेका छन् । अन्य सात पहाडी जिल्लाको अछाममा मात्रै दुई निर्वाचन क्षेत्र हो भने अन्य ६ जिल्लामा एक एक निर्वाचन क्षेत्र छन् ।
प्रदेशका दुई तराईका जिल्ला रास्वपाको ‘क्लिन स्वीप’
सुदूरपश्चिम प्रदेशको बढी मतदाता र निर्वाचन क्षेत्र रहेको तराईका दुई जिल्लाको रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ । कैलाली १मा रास्वपाकी कोमल ज्ञवाली १७,८२६ विजयी भएकी हुन् भने उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेस उम्मेदवार जनक चौधरीले ११,३१५ मत ल्याएर दोस्रो भएका थिए । ज्ञवाली ६,५११ मतान्तरले बिजयी भएकी हुन् । कैलाली २मा रास्वपाका केपी खनालले १९,०७५ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम् प्रतिद्वन्दी नागरिक उन्मुक्ती पार्टी नेपालका पतिराम चौधरीले ११,९४९ले मत ल्याएर दोस्रो भएका थिए । खनाल ७,१२६ मतान्तरले बिजयी भएका हुन् ।
कैलाली ३मा रास्वपाका जगत प्रसाद जोशी २०,३५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ११,९८३ मत प्राप्त गरी दोस्रो भएका थिए । जोशीले ८,३७६ मतान्तरले बिजयी भएका हुन् । कैलाली ४मा रास्वपाका खेमराज कोईराला २४,५५६ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका गोरखबहादुर बिष्ट आनन्दले ११,३०१ मत प्राप्त गरी दोस्रो भएका थिए । काईरालाले १३,२५५ मतान्तरले बिजयी भएका हुन् । कैलाली ५मा रास्वपाका आनन्दबहादुर चन्दले ३१,९५३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका नरनारायण शाहले ११,९५८ मत प्राप्त गरी दोस्रो भएका थिए । चन्द १९,९९५ मतान्तरले बिजयी भएका हुन् । कञ्चनपुर १मा रास्वपाका जनकसिंह धामीले २४,३३२ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी बीना मगरले ११,११० मत ल्याएर दोस्रो भएकी छन् । धामी १३,२२२ मतान्तरले बिजयी भएका हुन् । कञ्चनपुर २ मा रास्वपाका दिपकराज बोहरा ३३, ९५२ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका नारायण प्रकाश साउद (एनपी)ले १०,८२७ मत ल्याएर दोस्रो भएका छन् । बोहरा २३,१२५ मतान्तरले बिजयी भएका हुन् ।
कञ्चनपुर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता २७,११८ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका नेपाली काँग्रेस हरिप्रसाद बोहरा ९,४४३ मत ल्याएर दोस्रो भएका छन् । महता १७,६७५ मतान्तरले बिजयी भएका हुन् ।
अछाम १मा नेपाली कांग्रेसका भरतकुमार स्वाँर १०,७५८ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले १०,२३० मत ल्याएर दोस्रो भएका छन् । स्वाँर ५२८ मतान्तरले बिजयी भएका हुन् । अछाम २मा एमालेका यज्ञबहादुर बोगटी ९,५१८ ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका पुष्पबहादुर शाहले ९,०४६ मत ल्याएर दोस्रो भएका थिए । बोगटी ४७२ मतान्तरले बिजयी भएका हुन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका जनकराज गिरी १७,१७३ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका लालबहादुर थापाले १६,६३३ मत ल्याएर दोस्रो भएका छन् । गिरी ५४० मतान्तरले बिजयी भएका हुन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका ऐन बहादुर महरले १८,५४३ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेही १६,३०४ मत ल्याएर दोस्रो भएका छन् । महरले २२३९ मतान्तरले बिजयी भएका हुन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली काँग्रेसका भरतबहादुर खड्काले १४,८९७ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका दीपक बहादुर धामीले १४, ११० मत प्राप्त गरी दोस्रो भएका छन् । खड्का ७८७ मतान्तरले बिजयी भएका हुन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशील १९,१३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका नैनसिंह महरले १२,१२१ मत प्राप्त गरी दोस्रो भएका छन् । जोशी ७,०१० मतान्तरले बिजयी भएका हुन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा रास्वपा हरिमोहन भण्डारी २२,१३४ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका चतुरबहादुर चन्दले १८१९४ मत ल्याएर दोस्रो भएका छन् । भण्डारी ३,९४० मतान्तरले बिजयी भएका हुन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा एमालेका गणेश ठगुन्नाले १८८९१ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धर्मानन्द जोशीले १५८३६ मत ल्याएर दास्रो भएका छन् । ठगुन्ना ३,०५५ मतान्तरले बिजयी भएका हुन् ।












