नेपाली कांग्रेस पाटनका नगर सभापति र सचिवले पदबाट राजीनामा दिए


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २४ फाल्गुन २०८२, १३:३० मा प्रकाशित

बैतडी, २४ फागुन / बैतडीमा नेपाली कांग्रेस पाटनका नगर सभापति रमेशसिंह महरा र सचिव लवदेव जोशीले पदबाट राजीनामा दिएका छन् । बिहीबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दको पराजयपछि उनीहरुले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । पार्टीभित्रैका जिम्मेवार पदाधिकारीबाट निर्वाचनको समयमा पार्टीविरुद्ध पटक–पटक घात–अन्तरघात हुँदै आएकाले आफूहरुले पदमा बसिरहन उचित नभएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पार्टीकै सदस्यहरु पार्टीका विरुद्ध लागेको पाइएकाले जिम्मेवारीमा बसिरहन उचित नदेखिएकाले आफूहरुले पदबाट राजीनामा गरेको सचिव जोशीले बताए ।

छुटाउनुभयो कि ?