गुल्मी-१ मा रास्वपाका ढकाल भारी मतान्तरले विजयी


हेल्लो सुदुर हेल्लो सुदुर शनिबार, २३ फाल्गुन २०८२, १५:३९ मा प्रकाशित

तम्घास(गुल्मी),फागुन २३ गते । गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै जित हात पार्नुभएको हो । उहाँले ३० हजार ४४८ मत प्राप्त गर्दा ज्ञवालीले १५ हजार ३२८ मत प्राप्त गर्नुभएको छ । काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले १३ हजार ७३१ मत प्राप्त गर्नुभएको छ । 

छुटाउनुभयो कि ?