तमैराज होली कमिटीद्वारा ३५ हजार रुपैयाँ मन्दिर व्यवस्थापनका लागि हस्तान्तरण


हेल्लो सुदुर हेल्लो सुदुर मंगलवार, १९ फाल्गुन २०८२, १८:४७ मा प्रकाशित

‎दार्चुला — तमैराज होली कमिटीले यस वर्षको होलीबाट संकलित ३५ हजार रुपैयाँ तमैराज मन्दिर व्यवस्थापनका लागि हस्तान्तरण गरेको छ। कमिटीका अनुसार फागुन १५ गतेदेखि सुरु भई १९ गते समापन गरिएको होली कार्यक्रमबाट कुल ४२ हजार २ सय ६ रुपैयाँ संकलन भएको थियो। होली कायक्रममा ७ हजार २ सय ६ रुपैयाँ खर्च भएको र बाँकी ३५ हजार रुपैयाँ मन्दिर व्यवस्थापनका लागि दिने निर्णय गरिएको हो। कमिटीका प्रतिनिधि तर्कराज ओलीले होली पर्व धार्मिक तथा सामाजिक सद्भाव बढाउने उद्देश्यका साथ उत्साहपूर्वक मनाइएको बताए। तमैराज होली कमिटीले यस्तै सामाजिक कार्यमा सहयोग गर्दै आएको बताएका छन्।

छुटाउनुभयो कि ?