धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रअन्तर्गत मिलन चोकमा बुधबार अटो रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।दुर्घटनामा अटो चालक धनगढी–१ का ६५ वर्षीय राम सोगारत यादव, मोटरसाइकल चालक धनगढी–१७ का २९ वर्षीय रवीन्द्र साउद र मोटरसाइकलको पछाडि सवार डोटी बडिकेदार–२ का २८ वर्षीय पदमबहादुर साउद घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सुपप्र ०१०१० प ३२१८ नम्बरको मोटरसाइकल र धउमनपा ०६३९ नम्बरको अटो रिक्सा ठोक्किँदा उनीहरू घाइते भएका हुन्। तीनै जनाको धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।












