मुम्बई : आइसीसी टी-२० विश्वकप २०२६ को दोस्रो खेलमा नेपालले मध्यम सुरुवात गरेको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावरप्लेमा १ विकेटको क्षतिमा ४६ रन बनाएको छ। नेपालको पहिलो विकेटको रूपमा कुशल भुर्तेल क्याच भएका छन्। उनी दोस्रो ओभरको अन्तिम बलमा ५ रन बनाउँदै क्याच भएका हुन्। उनले १० बलमा १ चौका प्रहार गरेका हुन्। उनलाई अलि हसनले जस्टिन मोस्काको हातमा क्याच गराएका हुन्।हालः क्रिजमा ओपनर आसिफ शेख १८ र कप्तान रोहित कुमार पौडेल २२ रनमा खेलिरहेका छन्। ८ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेटको लागि ३८ रनको साझेदारीसहित खेलिरहेको छ। नेपाल र इटालीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका छन्। यी दुई टोलीले सन् २०१३ मा अन्तिम पटक एकदिवसीय फर्म्याटमा खेलेका थिए।












