डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, ३० माघ २०८२, १३:१८ मा प्रकाशित

२९ माघ, डोल्पा । डोल्पामा भएको जिप दुर्घटनमा एक  जनाकोमा  मृत्यु भएको छ । तीन जना घाइते भएका छन् त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहीबार बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-४ रंगकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ । चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको जानकरी दिएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छुटाउनुभयो कि ?