हेल्लो समाचारदाता
पुनर्वास, ४ पौष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० पुनर्वास नगर समितिको बुधबार सम्पन्न छैठौ वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनमा नरेन्द्रप्रसाद गौतमको अध्यक्षतामा ७ सदस्यीय नगर समिति चयन गरिएको छ ।
त्यस्तै उपाध्यक्षमा किशोर कुमार तामाङ्ग, सचिवमा नरेन्द्र प्रेमी, कोषाध्यक्षमा हेमबहादुर थापा, सदस्यहरुमा सुरेश अधिकारी, सुरजकुमार नकर्मी, भजनु राना चयन भएका छन् ।
प्याब्सन पुनर्वासका निवर्तमान अध्यक्ष बालकृष्ण ढकालको सभापतित्व, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशिष्ट अतिथिहरुमा प्याब्सन सुदूरपश्चिम प्रदेश सदस्य राजेन्द्र अधिकारी, प्याब्सन कञ्चनपुरका सल्लाहकार विश्वनाथ विष्ट, जिला सचिव राकेश बहादुर चन्द र सह कोषाध्यक्ष अक्कल रोकाया रहनुभएको थियो । नगर अधिवेशन उद्घाटन समारोह पश्चात बन्द सत्र गरी निर्वाचन प्रक्रिया बाट अध्यक्षमा गौतम निर्विरोध निर्वाचित हुनुभएको थियो ।
करन खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव पुष्पराज ओझाले गर्नुभएको थियो ।












