हेल्लो समाचारदाता
कञ्चनपुर, ३१ जेठ/
कंचनपुर को गड्डाचौकी देखि कैलालीको चिसापानीसम्म सडक बिस्तार गरिने भएको छ ।
सडक बिभाग कंचनपुरले राजमार्ग क्षेत्रमा २५/२५ मिटर भित्र पर्ने संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
सडक बिभागले जारी गरेको सुचना मा भनिएको छ ,’ यस सडक डिभिजन अन्तर्गत सडक सिमाभित्र सडक प्रयोगकर्ताको आवागमन वा सार्वजनिक संस्थालाई बाधा पुग्ने र सार्वजनिक हित प्रतिकुल हुने गरी कसैले सार्वजनिक सडकसंग जोडिने गरी प्रवेश मार्ग बनाउन, घर टहरा निर्माण गरी सडकको जग्गा आवाद गर्न, होडिङ्ग बोर्ड रात्र, आइल्याण्ड/सालिक / यात्रु प्रतिक्षालय, देवालय र मठ मन्दिर निर्माण गर्न, पट्रॉल डिजेल तथा ग्याँस फिलिगं स्टेशन स्थापना गर्न वा यस्तै प्रकृतिका अन्य निर्माण कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ अनुसार निषेध गरिएकोले यो सूचना प्रकाशित गरिएको छ ।
यस सडक डिभिजन अन्तर्गत गड्डाचौकी देखि चिसापानी सम्मको सडक सिमा (RoW) केन्द्ररेखा देखी २५/२५ मिटर दायाँबायाँ नयाँ पसल तथा अन्य संरचना बनाईएको पाईएकोले यो सूचनाको मितिले ३५ दिन भित्र हटाई दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’












