लालझाडी गापाका विकास निर्माणका कार्यहरुको अनुगमन


हेल्लो सुदुर हेल्लो सुदुर बुधबार, २३ जेष्ठ २०८१, ११:३२ मा प्रकाशित

अशोक सार्की
कंचनपुर, २३ जेठ । लालझाडी गाउँपालिकामा सञ्चालित विकास निर्माणका कार्यहरुको अनुगमन निरन्तर भइरहेको छ । चालू आर्थिक वर्षमा पालिकाले विनियोजन गरेका बजेट तथा योजनाहरुलाई गाउँपालिका अध्यक्ष निर्मल राना र प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्की लगायतका सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको हो ।
गाउँपालिकाबाट विनियोजित गरी संचालन भएका योजनाहरुको अनुगमन गर्दै सडक आयोजना, विद्यालय भवन, मन्दिर निर्माण लगायत, अन्य भौतिक निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाउन र गुणस्तर सहित समयमै सम्पन्न गर्न गराउन प्राविधिक टिम, उपभोक्ता समिति र निर्माण व्यवसायीहरुलाई सुझाव तथा निर्देशन गरिरहेको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय राजबहादुर सार्कीले बताए ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले आफ्नो क्षेत्रका योजनाको निरन्तर अनुगमन गर्दै समयमै गुणस्तर कार्य सम्पन्न गर्न निर्देशन दिँदै आइरहेको बताए । “विविध परिस्थिति र प्रतिकूलताको बाबजुद पनि विकास निर्माण कार्य नरोकिको छैन, योजनाको अनुगमन तीब्र गरिरहेका छौं, बजेटको सदुपयोग सतप्रतिशत हुनेमा म विश्वस्त छु ।” अध्यक्ष रानाले भने “सबै वडाहरुमा अनुगमन र सबै योजनामा सन्तोषजनक काम भइरहेका छन्, आम नागरिकले पनि निकै चासोका साथ योजनाको निगरानी गरिरहेकाले समयमै गुणस्तरका साथ कार्य सम्पन्न हुनेमा हामी सबै ढुक्क छौं ।”

छुटाउनुभयो कि ?