प्रधानमन्त्री कप भलिबलमा पुरुषतर्फ गण्डकी प्रदेशले सुदूरपश्चिमलाई हरायो


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, २० जेष्ठ २०८१, १७:३० मा प्रकाशित

धनगढी,२० जेठ । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले सुदूरपश्चिम खेलकुद परिषद्लाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा आइतबार भएको खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। गण्डकीले सुदूरपश्चिमलाई पहिलो सेटमा २५–२२, दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्यो।

छुटाउनुभयो कि ?