प्रतीक्षा जैशी
पुनर्वास, २० जेठ ।
आजदेखि ईलाका प्रशासन त्रिभुवनबस्तीले बार अनुसारको सेवा प्रदान गर्ने भएको छ ।
सेवाग्राहीहरुको भीडभाड बढ्न थालेपछि प्रशासनले पालिका अनुसारको बार सेवा प्रदान गर्ने भएको हो ।
कंचनपुरको तीन पालिकाहरुलाई सेवा दिने ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीहरुको भिडभाड बढेकोले पालिका अनुसारको बार सेवा प्रदान गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।
आईतबार र सोमबार पुनर्वास नगरपालिका, मंगलबार र बुधबार बेलौरी नगरपालिका, बिहीबार लालझाडी गाउँपालिका र शुक्रबार तीनै पालिकाका अपांग, अशक्त, वृद्धहरुलाई सेवा दिने सूचनामा उल्लेख गरिएको छ ।












