दुई लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद


हेल्लो सुदुर हेल्लो सुदुर बिहीबार, १७ जेष्ठ २०८१, १६:०८ मा प्रकाशित

हेल्लो संवाददाता
कञ्चनपुर, १७ जेठ
प्रहरीले कञ्चनपुरको बिभिन्न क्षेत्रबाट दुई लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जेठ १६ र १७ गते गरेर दुई लाख एक हजार दुई सय रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलडाँडाीबाट खटिएको प्रहरी टोलीले ९३ हजार रुपैयाँ, ईलाका प्रहरी कार्यालय दोधाराले चार हजार पाँच सय, ईलाका प्रहरी कार्यालय गड्डचौकीले ७३ हजार सात सय र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले ३० हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

छुटाउनुभयो कि ?